Jul 15 2026

Jul 15 2026 | बुधवार, आषाढ ३१ गते २०८३

प्रधानमन्त्रीले भेटेपछि डा. सन्दुक रूइतले भने : यत्रो बिरामीलाई छाडेर मन्त्री हुन आउँदिन

प्रधानमन्त्री सुशीला कार्कीले तिलगंगा आँखा प्रतिष्ठान पुगेर डा. सन्दुक रूइतलाई भेटेकी छन्। मंगलबार तिलगंगा आँखा प्रतिष्ठानमा पुगेर प्रधानमन्त्री कार्कीले रुइतसँग आफ्नो नेतृत्वको सरकारमा सहभागी हुनेबारे छलफल गरेकी हुन् ।

प्रधानमन्त्री कार्कीले विशेष परिस्थीतिमा आफूले सरकारको नेतृत्व गर्नु परेकाले सहयोग गर्न डा. रुइतसँग आग्रह गरेकी थिइन् । जवाफमा डा. रुइतले आफूले सरकारलाई सहयोग गर्ने तर सरकारमा सहभागी हुन नसक्ने जवाफ दिएका थिए ।

पत्रकारहरूले डा. रूइतलाई मन्त्री हुन जाने हो भनेर सोधेका थिए। जबाफमा डा. रूइतले भने, ‘यत्रो छ यहाँ (आँखा अस्पतालमा) काम छाडेर आउनेर ? बिरामीलाई छाडेर आउँदैन।’