Jul 15 2026

Jul 15 2026 | बुधवार, आषाढ ३१ गते २०८३

चिनियाँ उप-विदेश मन्त्रीले छिमेकी राष्ट्रका युवा पत्रकार र नेताहरूसँग गरे भेटवार्ता

मिडिया र भ्रामक सूचनाको चुनौतीमा छलफल

बेइजिङ । चिनियाँ उप विदेश मन्त्री सुन हाइयुनले छिमेकी राष्ट्रका युवा पत्रकार र युवा नेताहरूसँग भेटवार्ता गरेकी छिन्। बेइजिङ स्थित चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागको मुख्यालयमा भएको यस भेटवार्तामा नेपाल, भारत, पाकिस्तान, श्रीलंका, मलेसिया लगायत २५ देशका प्रतिनिधिहरूले सहभागिता जनाएका थिए।

भेटवार्ताका क्रममा उपमन्त्री सुनले पछिल्लो समय विकास भएको प्रविधि, मिडिया र राजनीतिक दलहरूले समाजमा निर्वाह गर्नुपर्ने भूमिका, छिमेकी राष्ट्रबीचको आपसी सम्बन्धलाई कसरी थप सुदृढ बनाउने, मिडियाका समस्या र कृत्रिम बुद्धिमत्ता (एआइ) ले ल्याएका चुनौतीहरूबारे महत्वपूर्ण छलफल भएको थियो।

WhatsApp Image 2025-09-16 at 11.00.12_270b76b5.jpg

नेपालबाट सहभागी पत्रकार महेश पाण्डेयले छिमेकी राष्ट्रहरूका राजनीतिक, आर्थिक र सामाजिक समस्याहरू उस्तै उस्तै भएकाले एकजुट भएर समाधान खोज्नुपर्ने आवश्यकतामा जोड दिएका थिए । 'आजको मुख्य समस्या भनेको मिडियाले गुमाउँदै गरेको विश्वास हो । नयाँ प्रविधि र मिडियाको विकाससँगै राजनीतिक पार्टी र नेताहरूको समाज र आम जनतासँगको दुरी बढ्दै गएको छ। यसले थप समस्या सिर्जना गरेको छ। मिडियाले जनता र राजनीतिक दल तथा नेताबीच पुलको काम गर्नुपर्छ।' उनले भने  । 

उपमन्त्री सुनले चीनले भ्रामक सूचना र समाचारसँग कसरी लडिरहेको छ भन्ने बारेमा चिनियाँ अनुभव साझा गरेकी थिइन्। उनले मलेसिया, पाकिस्तान र मंगोलियाका प्रतिनिधिहरूले आ-आफ्ना देशका अनुभवहरू सुनाउँदै समस्या र समाधानबारे गहन छलफल भएको जानकारी दिइन्।

WhatsApp Image 2025-09-16 at 11.00.13_0d4aa490.jpg

भेटवार्ताका क्रममा उपमन्त्री सुनले मिडियाले गुमाइरहेको विश्वासका बारेमा चिन्ता व्यक्त गर्दै यो एक विश्वव्यापी समस्या बनेको र मिडियाले थप जनताको पक्षमा रहेर जनताको आवाज उठाउनुपर्ने सुझाव दिएकी थिइन्।

यस भेटवार्ताबाट छिमेकी राष्ट्रहरूबीच सहकार्य र समन्वयलाई बढावा दिने र क्षेत्रीय चुनौतीहरूको समाधानका लागि साझा रणनीति बनाउन मद्दत मिल्ने अपेक्षा गरिएको छ।

WhatsApp Image 2025-09-16 at 11.00.13_a3d58bbf.jpg