Jul 15 2026

Jul 15 2026 | बुधवार, आषाढ ३१ गते २०८३

भारतको सिमलामा गाडी दुर्घटना हुँदा चार नेपालीको मृत्यु, तीनजना एकै परिवारका

भारतको हिमाञ्चल प्रदेशको राजधानी सिमलामा भएको गाडी दुर्घटनामा चारजना नेपालीको मृत्यु भएको छ।
दुर्घटनामा मृत्यु हुने तीनजना एकै परिवारका हुन् ।

सल्यानको कुमाख गाउँपालिका– ४ बाट रोजगारीको लागि हिमाञ्चल पुगेका उनीहरूको सोमबार भएको सवारी दुर्घटनामा मृत्यु भएको स्थानीयले जनाएका छन् ।

हिमाञ्चल प्रदेशको कोटखाई नजिक कुड्डु नालाको गाडी दुर्घटना हुँदा सल्यानको कुमाख– ४ निवासी ५० वर्षीय डिल्लीबहादुर शाही, ३६ वर्षीय एकेन्द्र शाही, २६ वर्षीया लक्ष्मी मल्ल शाही र ३३ वर्षीय राजेश विष्टको मृत्यु भएको हो।

दुर्घटनामा गाडी चालक भारतीय नागरिक जोगिन्दर सिंहको पनि मृत्यु भएको छ। दुर्घटनामा नवराज शाही र हिमबहादुर शाही घाइते भएका छन्। दुर्घटनामा ज्यान गुमाउने लक्ष्मी नवराजकी पत्नी हुन्। नवराज र हिमबहादुर गाडीको ढाला पछाडि बसेकाले फाल हानेर जोगाएका छन्।

ज्यान गुमाउने लक्ष्मी डिल्लीबहादुरकी माइला दाइकी बुहारी हुन् भने एकेन्द्र डिल्लीबहादुरका जेठा दाइका छोरा हुन्।घाइतेको स्थानीय सरकारी अस्पतालमा उपचार भइरहेको छ।