Jul 15 2026

Jul 15 2026 | बुधवार, आषाढ ३१ गते २०८३

जेनजी आन्दोलनमा ज्यान गुमाएका प्रहरीका परिवारलाई १० लाख दिइने

नेपाल प्रहरीले यही भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा ज्यान गुमाएका प्रहरीका परिवारलाई जनही १०-१० लाख प्रदान गर्ने निर्णय गरेको छ । 

प्रहरी प्रधान कार्यालयले प्रतिपरिवार १० लाख उपलब्ध गराउने निर्णय गरेको हो । सो रकम प्रहरी महानिरीक्षकदेखि प्रहरी निरीक्षकसम्मको तलब कट्टा गरी प्रदान गरिने जनाएको छ । 

नेपाल प्रहरीले भनेको छ- 'मिति २०८२/०५/२३ र २४ गते आन्दोलनका क्रममा कर्तव्य पालनाको सिलसिलामा मृत्युवरण गरेका अमर प्रहरीका परिवारलाई नेपाल प्रहरीमा कार्यरत प्रहरी महानिरीक्षकदेखि प्रहरी निरीक्षकसम्मको तलब कट्टा गरी प्रतिपरिवार जनही १० लाख उपलब्ध गराउने निर्णय भएको व्यहोरा अनुरोध छ ।'

जेनजी आन्दोलनका क्रममा तीन प्रहरीको मृत्यु भएको थियो ।