नेपाली बजारमा आज सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाल सुन तोलाको ७ सयले घटेर तोलाको २ लाख १५ हजार १ सयमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार सुन अहिलेसम्मकै उच्च मूल्य तोलाको २ लाख १५ हजार ८ सयमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ५ रुपैयाँले बढेर २५७० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार चाँदी तोलाको २५६५ मा कारोबार भएको थियो ।