चार्लोट एफसी अमेरिकन मेजर लिग सकर अन्तर्गतको खेलमा इन्टर मियामीलाई पराजित गरेको छ । आइतबार बिहान सम्पन्न खेलमा चार्लोटले इन्टर मियामीलाई ३-० गोल अन्तरले पराजित गरेको हो ।
चार्लोटको जितमा इडान टोकलोमाटीले ह्याट्रिक गरेका थिए । यस खेलमा खेलको ७४औं मिनेटमा टोमास एभिलेसले रातो कार्ड पाएपछि इन्टर मियामी १० खेलाडीमा सिमित भएको थियो ।
यो जितपछि चार्लोटको इस्टर्न कन्फेरेन्समा ३० खेलमा ५३ अंक भएको छ भने हाल तेसो स्थानमा रहेको छ । त्यस्तै इन्टर मियामीको २६ खेलमा ४६ अंक रहेको छ र हाल सातौं स्थानमा झरेको छ ।