Jul 15 2026

Jul 15 2026 | बुधवार, आषाढ ३१ गते २०८३

संसद विघटनसँगै पुराना र नयाँ भनिएका पार्टी पनि विघटनको दिशामा पुगे: जनार्दन शर्मा

नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले संसद विघटनसँगै पुराना र नयाँ भनिएका पार्टीहरु पनि विघटनको दिशामा पुगेको टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जालमा लेख्दै जनार्दनले अब आन्दोलनको म्याण्डेट र जनअपेक्षा अनुसार 'गम्भीर आत्म समीक्षा; सहित पुनर्गठन र पुनरसंरचनाको महा-अभियान सुरु गर्न प्रस्ताव गरेका छन् ।

उनले भनेका छन्-  संसद विघटनसंगै पुराना र नयाँ भनिएका पार्टीहरु पनि विघटनको दिशामा पुगेका छन् ।