Jul 15 2026

Jul 15 2026 | बुधवार, आषाढ ३१ गते २०८३

ललितपुर–भक्तपुरमा निषेधाज्ञा र कर्फ्यु निरन्तर, काठमाडौंमा सकियो

ललितपुर र भक्तपुर जिल्लामा जारी निषेधाज्ञा तथा कर्फ्युलाई निरन्तरता दिइएको छ । जिल्ला प्रशासन कार्यालय ललितपुर र भक्तपुरले शान्ति–सुरक्षा तथा जनधन र सार्वजनिक सम्पत्तिको सुरक्षा सुनिश्चित गर्न स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम आदेशलाई निरन्तरता दिने निर्णय गरेका हुन् ।

प्रशासनका अनुसार आज बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म निषेधाज्ञा लागू हुनेछ भने बेलुकी ७ बजेदेखि भोलि बिहान ६ बजेसम्म कर्फ्यु आदेश जारी गरिएको छ । अत्यावश्यक कार्यका लागि भने बिहान ६ देखि ११ बजेसम्म र साँझ ५ देखि ७ बजेसम्म आवतजावत गर्न पाइने व्यवस्था गरिएको छ ।

यसैबीच, काठमाडौंमा नेपाली सेनाले लगाएको कर्फ्यु र निषेधाज्ञाको समय सकिएको छ । तर जिल्ला प्रशासन कार्यालय काठमाडौंले भने बिहान साढे ९ बजेसम्म कुनै नयाँ सूचना सार्वजनिक गरेको छैन । 

543329376_1103400488650735_3057320581468363042_n-1757735368.jpg
undefined

547368061_1873325679883680_5614183261172352795_n-1757735368.jpg