Jul 15 2026

Jul 15 2026 | बुधवार, आषाढ ३१ गते २०८३

१८ मृतकको पहिचान हुन बाँकी

जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएकामध्ये अझै १८ जनाको पहिचान हुन बाँकी छ । नेपाल प्रहरीका अनुसार मृतक भनी सार्वजनिक भएकामध्ये १८ जनाको पहिचान अझै खुल्न नसकेको हो ।

आन्दोलनका क्रममा कतिपय भारतीय नागरिक पनि मारिएका छन् भने कतिपय कर्मचारी पनि मारिएका प्रहरीले जनाएको छ ।

हालसम्म प्रदर्शनको क्रममा ज्यान गुमाउनेको संख्या ५१ पुगेको छ । । ती मृतक सबै जेनजी आन्दोलनकारी नभएकाले केही हुलमुलमा परेर मारिएको प्रहरीले जनाएको छ । आगजनी भएका विभिन्न भवनमा शव भेटिने क्रम नरोकिएको हुँदा मृतकको संख्या बढ्न सक्ने प्रहरीको अनुमान छ ।

साथै मृत्यु भएका शवको पोस्टमार्टम सुरु भएको छ । त्रिवि शिक्षण अस्पतालका फरेन्सिक विभागका अनुसार हालसम्म ९ वटा शवको पोस्टमार्टम गरिएको छ । हालसम्म ३ प्रहरीसहित ७ जनाको अन्त्येष्टि सकिएको छ ।