Jul 15 2026

Jul 15 2026 | बुधवार, आषाढ ३१ गते २०८३

प्रहरीले माग्यो जेनजी आन्दोलनको तस्विर र भिडियो

नेपाल प्रहरीले भदौ २३ र २४ गतेको घटनामा लुटपाट, आगजनी, सर्वसाधारणमा त्रास फैलाउने लगायत अप्रीय घटना घटाउनेहरुको विवरण संकलन अभियान थालेको छ ।

प्रहरीले त्यस्तो कार्यमा संलग्नहरुलाई पक्राउ गर्न सर्वसाधारणसँग विवरण संकलन थालेको हो । आज एक सूचना जारी गर्दै त्यस्ता सामग्री उपलब्ध गराउनेहरुको पहिचान गोप्य राख्ने भन्दै ती सामग्री उपलब्ध गराउन भनेको हो ।


‘यही भदौ २३ र २४ गते काठमाडौं उपत्यका लगायत देशका विभिन्न स्थानहरुमा भएको विरोध प्रदर्शन तथा आन्दोलनका क्रममा घटेका विभिन्न अप्रिय घटना, आगजनी, लुटपाट, आम सर्वसाधारणमा त्रास सिर्जना हुने किसिमका अन्य विविध घटनाहरुसँग सम्बन्धित तस्बिर, भिडियो तथा विभिन्न सामाजिक सञ्जालका लिङ्कहरु तपाईँसँग छ भने कृपया हामीलाई nepalpoliceinfo@gmail मा पठाइ सहयोग गर्नुहुन अनुरोध छ,’ प्रहरीले जारी गरेको सूचनामा भनिएको छ ।

20250912152759.jpg
undefined