Jul 15 2026

Jul 15 2026 | बुधवार, आषाढ ३१ गते २०८३

जेनजी आन्दोलनका मृतकको शव व्यवस्थापन, घाइतेको उपचार गर्न काठमाडौँ महानगरको विशेष टिम परिचालन

काठमाडौँ महानगरपालिकाले जेन जेड आन्दोलनका क्रममा अकालमै निधन भएका व्यक्तिहरूको शव व्यवस्थापन, परिवारजनलाई काठमाडौंसम्म ल्याउन यातायात सुविधा, बस्ने व्यवस्था तथा शवलाई घरसम्म पुर्‍याउन शववाहनको व्यवस्था गरेको जनाएको छ ।

शुक्रबार एक सुचना प्रकाशित गर्दै महानगरले आन्दोलनका क्रममा घाइते भएका व्यक्तिहरूको उपचार तथा उपचारपश्चात घर फर्किन यातायात व्यवस्थापनसहित आवश्यक सहजीकरणका लागि महानगरपालिकाले विशेष टिम परिचालन गरेको जानकारी गराएको छ ।

साथै महानगरले आवश्यक सहयोगका लागि जगदीश अर्याल- ९८५४०४५७०२, विज्ञान घिमिरे - ९८५११३३९११ र इश्वर वाग्ले - ९८४१२९७८६१ लाई सम्पर्क गर्न समेत आग्रह गरेको छ ।