Jul 15 2026

Jul 15 2026 | बुधवार, आषाढ ३१ गते २०८३

जेनजी आन्दोलन : ज्यान गुमाउनेको संख्या ५१ पुग्यो

जेनजी आन्दोलनका क्रममा मृत्यु हुनेको संख्या ५१ पुगेको छ ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी विनोद घिमिरेका अनुसार काठमाडौं उपत्यकादेखि विभिन्न जिल्लासम्म गरी ५१ जनाको ज्यान गएको हो । मृत्यु हुनेमध्ये तीन प्रहरी र एक भारतीय महिला पनि परेका छन् ।

आन्दोलनको पहिलो दिनमै २१ जनाले ज्यान गुमाएका थिए । तीमध्ये कैदीबन्दी ९ जना मारिएका थिए भने बाल सुधार गृहका ५ जना, तीन प्रहरी र बाँकी जलेको अवस्थामा मृत फेला परेको प्रहरीको भनाइ छ ।


मृतकको संख्या क्रमशः बढ्दै जाँदा राजधानीसहित विभिन्न जिल्लामा त्रास फैलिएको छ ।