नेपाली बजारमा आज सुनको मूल्य अहिलेसम्मकै उच्च भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुन तोलाको १६ सयले बढेर तोलाको २ लाख १५ हजार ८ सयमा कारोबार भइरहेको छ । यसअघि विहिबार सुन तोलाको २ लाख १४ हजार २ सयमा कारोबार भएको थियो । यो सुनको अहिलेसम्मकै उच्च मूल्य हो ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ६० रुपैयाँले बढेर २५६५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि विहिबार चाँदी तोलाको २५०५ मा कारोबार भएको थियो ।