Jul 15 2026

Jul 15 2026 | बुधवार, आषाढ ३१ गते २०८३

धरानस्थित भाटभटेनी सुपर स्टोरमा जलेको शव फेला, थप तीन जना हराइरहेको आशंका

धरानस्थित भाटभटेनी सुपर स्टोरमा जलेको अवस्थामा शव फेला परेको छ ।

आज शुक्रबार बिहान आगो नियन्त्रणमा लिने क्रममा त्यहाँ मानव कंकाल फेला परेको हो । शव कसको हो भन्ने विषयमा पहिचान हुन सकेको छैन ।

जेनजी आन्दोलनका क्रममा धरानको भाटभटेनीमा आगजनी भएको थियो । भाटभटेनीमा अरू तीनजना हराइरहेको जानकारी आएको प्रहरीले जनाएको छ ।

उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।