Jul 15 2026

Jul 15 2026 | बुधवार, आषाढ ३१ गते २०८३

तनहुँमा दुई महिला मृत अवस्थामा फेला

तनहुँ जिल्लामा बिहीबार छुट्टाछुट्टै स्थानमा दुई महिला मृत अवस्थामा फेला परेका छन्। सेती नदी र बुल्दीखोलाबाट शव फेला परेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

प्रहरी नायब उपरीक्षक (डीएसपी) अशोक थापाका अनुसार व्यास नगरपालिका३ देउरालीनगरस्थित सेती नदी किनारमा करिब ५५६० वर्षीया एक वृद्धाको शव भेटिएको हो। स्थानीयवासीले देखेर खबर गरेपछि प्रहरी टोली पुगेको थियो। शवको मुचुल्का कार्य पूरा गरी परीक्षणका लागि प्रदेश अस्पताल दमौलीमा राखिएको छ। अहिलेसम्म उनको सनाखत हुन सकेको छैन।

त्यसैगरी, व्यास नगरपालिका१ तालघरेस्थित बुल्दीखोलामा पनि करिब ३०३५ वर्षीया महिलाको शव फेला परेको छ। डिहीगाउँतर्फ जाने पक्की पुलमुनि पानीमा डुबिरहेको अवस्थामा भेटिएकी उनलाई उद्धार गरी उपचारका लागि प्रदेश अस्पताल दमौली पुर्याइएपछि चिकित्सकले मृत घोषणा गरेका थिए।

प्रहरीका अनुसार दुवै शव अस्पतालमा राखिएका छन् भने मृतकको सनाखतका लागि थप अनुसन्धान भइरहेको छ।