Jul 15 2026

Jul 15 2026 | बुधवार, आषाढ ३१ गते २०८३

गलत र भ्रामक समाचारमा विश्वास नगर्न सेनाको आग्रह

नेपाली सेनाले पछिल्लो समय विभिन्न टिकाटिप्पणी, धारणा र विश्लेषण सार्वजनिक भइरहेका भन्दै आम सर्वसाधारणलाई गलत, भ्रामक र झुटा समाचारमा विश्वास नगर्न आग्रह गरेको छ।

सेनाले शुक्रबार एक सूचना जारी गर्दै तथ्यहीन र अपुष्ट समाचारप्रति सतर्क रहन सबैलाई आग्रह गरेको हो। साथै, आधिकारिक जानकारीका लागि नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालय वा स्थानीय तहमा रहेका पृतना मुख्यालयसँग समन्वय गर्न पनि अनुरोध गरिएको छ।

सेनाले जारी गरेको सूचनामा भनिएको छ, “नेपाली सेनासम्बन्धी कुनैपनि सूचना वा तथ्य थाहा पाउन आधिकारिक स्रोतमा भर पर्नुहोस, अन्यथा भ्रम र अफवाहमा नपर्नुहोस।”

1.png

undefined
undefined