Jun 06 2026

Jun 06 2026 | शनिवार, जेठ २३ गते २०८३

क्षतिको दाबी भुक्तानी छिटो फर्छ्यौट गर्न बीमा प्राधिकरणको निर्देशन

बीमा प्राधिकरणले आज  बिहीबार निर्देशन जारी गर्दै परेका दाबी छिटो फर्छ्यौट गर्न र दाबीको तथ्यांक आफूलाई पठाउन बिमा कम्पनीहरूलाई निर्देशन दिएको छ । 

प्राधिकरणले भदौ २३ देखि उत्पन्न असहज परिस्थितिका कारण बिमितको धनसम्पत्तिमा हुन गएको क्षति र असहजतालाई दृष्टिगत गर्दै त्यसबाट पर्न सक्ने दाबीलाई यथासम्भव छिटो र सहज ढंगले   फर्छ्यौट   गर्न निर्देशन जारी गरेको छ ।  

प्रदर्शनका क्रममा धेरै भौतिक संरचनामा क्षति पुगे पनि त्यसको यकिन विवरण आएको छैन ।  बिहीबारसम्म बिमा कम्पनी खुलेका छैनन् भने क्षतिमध्ये कतिको बिमा भएको र कति रकमको दाबी परेको छ भन्ने यकिन तथ्यांक उपलब्ध रहेको छैन ।