Jul 15 2026

Jul 15 2026 | बुधवार, आषाढ ३१ गते २०८३

देशका विभिन्न स्थानबाट ९७ नाल हतियार बरामद

नेपाली सेनाले हालसम्म विभिन्न स्थानहरुबाट ९७ नाल हतियारहरू बरामद भएको जनाएको छ । नेपाली सेनाले सुरक्षा अपडेट दिदै काभ्रेपलान्चोक जिल्लाको बनेपा-९ स्थित नयाँ बस्तीमा फेला परेको ८ वटा सकेट बमलाई नेपाली सेनाले सुरक्षित साथ डिस्पोज गरेको जनाएको छ । 

त्यसैगरी,  सुन्धरास्थित केन्द्रीय कारागारबाट भागेका ४ जना कैदीबन्दीहरु, डोटीको दिपायल सिलगढी स्थित बाल सुधार गृहबाट भागेका ३ जना बालबन्दीहरु, धादिङ्गस्थित गजुरीमा रहेको धादिङ्ग कारागारबाट भागेका ३९ जना कैदीहरु र बाँकेको डडुवा स्थित जयन्दु बालसुधार गृहबाट फरार भएका १६ जना बालबन्दीहरु नियन्त्रणमा लिईएको छ । 

त्यस्तै बाँके जिल्लाको नेपालगञ्ज स्थित जिल्ला कारागारमा होहल्ला तथा आगजनी गरी बाहिर निस्कन खोजेका कैदीबन्दीहरुलाई नेपाली सेनाले नियन्त्रणमा लिएको छ । सो क्रममा १ जना कैदी घाइते भएका छन् ।  

ललितपुर जिल्लाको भैसेपाटी इलाकामा रहेको स्थानीय प्रहरी चौकी स्थानीय व्यक्तिहरुद्वारा सरसफाई गरी कार्यरत प्रहरीहरुलाई स्वागत गरेका छन् ।