जेनजी आन्दोलनको फाइदा उठाउँदै देशका विभिन्न जेलबाट १४ हजार ३०७ कैदीबन्दी भागेको प्रहरीले जनाएको छ ।नेपाल प्रहरीका अनुसार भागेका १४ हजार ३०७ मध्ये १ हजार ४५५ लाई पुनः पक्राउ गरी फर्काइएको छ । अझै १२ हजार ८५२ जना कैदीबन्दी फरार हरेका छन् ।
प्रहरीले भागेका सबैलाई खोज्ने उर्दी गरिसकेको छ । साथै कहीँ कतै सर्वसाधारणले पनि फरार कैदी देखेको अवस्थामा प्रहरीलाई सूचना दिन आग्रहसमेत प्रहरीको छ ।
पूर्वगृहमन्त्री कारागारबाट निस्किएपछि कैदीबन्दीले विद्रोह सुरु गरेका थिए । नख्खुबाट सुरू भएको कारागारमा हुने कैदीबन्दीको विद्रोह अन्यमा आगोझैँ सल्किएको थियो ।
धेरै स्थानमा कैदीबन्दीलाई नियन्त्रण गर्न प्रहरीले फायरसमेत खोल्दा केही कारागारमा कैदीबन्दीको ज्यानसमेत गएको छ । प्रहरीले सूचना जारी गर्दै सबै कैदीबन्दीलाई सम्पर्कमा आउन आग्रह गरिसकेको छ ।