Jul 15 2026

Jul 15 2026 | बुधवार, आषाढ ३१ गते २०८३

हामीलाई राजतन्त्र र सैनिक शासन चाहिएको छैन: इस्टु कार्की

इस्टु कार्कीले काठमाडौंको मेयर बालेन शाहसँग राजतन्त्र स्वीकार्य नभएको बताएकी छन् ।  सामाजिक सञ्जाल फेसबुकमार्फत् बिहीबार भिडियो सन्देश जारी गर्दै उनले बालेनलाई राजतन्त्रसँगै सैनिक शासनसमेत नचाहिएको बताएकी हुन् ।   

‘बालेन दाइलाई मेरो ठाडै म्यासेज । दाइ, हामीलाई राजतन्त्र चाहिएको छैन । सैनिक शासन चाहिएको छैन । यो पुराना नेताहरू पनि चाहिएको छैन,’ इस्टुले भिडियोमा भनेकी छन् । 

उनले बालेनलाई छिटोभन्दा छिटो निर्णयमा पुग्न पनि आग्रह गरेकी छन् । ‘जति सक्दो छिटो डिसिजन (निर्णय) लिइहाल्नू,’ इस्टुको भनाइ छ, ‘हामीलाई बाहिरी शक्तिहरूको एकदमै खतरा छ । सिक्किमीकरणको खतरा छ । भुटानीकरणको खतरा छ ।’

इस्टुले राष्ट्रिय स्वाभिमानलाई टिकाइ राख्न गाह्रो रहेको भन्दै विदेशी सेना नेपाल आए फिर्ता पठाउन कठिन हुनेसमेत बताएकी छन् । ‘राष्ट्रिय स्वाभिमानको कुरा छ । यसलाई टिकाइ राख्न गाह्रो छ । बाहिर इन्डियादेखि सेनाहरू आयो भनेदेखि उनीहरूलाई निकाल्न गाह्रो छ । भोलि अरू देशहरूले खेल्न सक्छ । छिटोभन्दा छिटो डिसिजन लिनुपर्‍यो ,’ इस्टुले भनेकी छन् । 

उनले जेन–जीलाई झगडा गरेर नबस्न र निर्णयमा पुग्न पनि भनेकी छन् । ‘जेन–जी साथीहरू अब झगडा गरेर बस्ने होइन,’ कार्कीको आग्रह छ, ‘एउटा डिसिजनमा अगाडि बढ्ने, बढी हाल्ने के, हाम्रैले खाउन् ।’