Jul 15 2026

Jul 15 2026 | बुधवार, आषाढ ३१ गते २०८३

जेनजी नेपालका नाममा फरकफरक वक्तव्य, एक समूह कुलमानलाई प्रधानमन्त्री मान्न तयार

जेनजी नेपालका नाममा फरकफरक वक्तव्य, एक समूह कुलमानलाई प्रधानमन्त्री मान्न तयारयतिबेला जेनजी नेपालका नाममा फरकफरक समूहले वक्तव्य जारी गरिरहेका छन् ।

अहिले जेनजीका केहि व्यक्तिले सुशीला कार्कीको नाम अघि सारेका छन् भने केहि व्यक्तिको समूहले त्यसको विरोध गर्दै कुलमान घिसिङको नाम अन्तरिम सरकारको प्रधानमन्त्रीका लागि अघि सारेका छन् ।

त्यस्तै, युवाहरुले अत्याधिक रुचाएका काठमाडौंका मेयर बालेन साहले आफू अन्तरिम मन्त्रिपरिषदको नेतृत्वबाट ब्याक भएर सुशीला कार्कीलाई नै समर्थन गर्ने बताई सकेका छन् ।

तर यतिबेला फेरी जेनजी नेपालले अर्काे वक्तव्य जारी गर्दै आफूहरूको पहिलो प्राथमिकता बालेन साह रहे पनि बालेनले यो प्रक्रियामा रुचि नै नदेखाएपछि कुलमान उपयुक्त पात्र रहेको उल्लेख गरेको छ ।


कुलमान नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक हुन् । उनी आफ्नो कार्यकालमा उज्यालो नेपाल, लोडसेडिङ मुक्त नेपालका लागि गरेको कामबाट जनतामाझ लोकप्रिय छन् ।

यतिबेला जेनजी एकताबद्ध छैन । जेनजी नै एकप्रकारले नेतृत्वविहीन हुँदा अन्तरिम सरकारको नेत्रृत्वका लागि सहमति हुन सकेको छैन ।