Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

काठमाडौँ महानगरको चक्रपथ क्षेत्र भित्र कर्फ्यू आदेश जारी


काठमाडौंमा कर्फ्यू आदेश जारी भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले मंगलबार बिहान साढे ८ बजेदेखि अर्को आदेश नभएसम्म काठमाडौं महानगरको चक्रपथ क्षेत्र भित्र कर्फ्यू आदेश जारी गरेको छ ।

प्रशासनले कर्फ्यूको आदेश अवधिभर अत्यावश्यक सेवाका सवारी साधनहरु, एम्बुलेन्स, दमकल, शव वहान स्वास्थ्यकर्मीका सवारी साधनहरु, सञ्चारकर्मीहरु, पर्यटक सवारी साधनहरु, मानव अधिकार तथा कुटनीतिक नियोगका सवारी साधनहरु र हवाई टिकटको आधारमा हवाई यात्रुहरुको आवगमनमा सुरक्षाकर्मीहरुवाट सहजीकरण हुने बताएको छ ।

KTM1757383199.jpg