Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

नेपाल र बंगलादेशबीचको दोस्रो मैत्रीपूर्ण खेल स्थगित

नेपाल र बंगलादेशबीचको दोस्रो मैत्रीपूर्ण खेल स्थगित भएको छ  ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंगलबार हुने दोस्रो मैत्रीपूर्ण खेल असहज परिस्थितिका कारण स्थगित गरिएको जानकारी दिएको छ ।

यसअघि शनिबार सम्पन्न पहिलो मैत्रीपूर्ण खेल गोलरहित बराबरीमा सकिएको थियो ।