Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

त्रिविले सार्‍यो स्नातक तहका परीक्षा

त्रिभुवन विश्वविद्यालयले यही भदौ २४, २५ र २६ का लागि तय गरिएका स्नातक तहका परीक्षा स्थगित गरेको छ । 

त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुका अनुसार २२ गतेदेखि सञ्चालित ४ वर्षे स्नातक तह दोस्रो वर्ष (आंशिक तथा मौका) परीक्षामध्ये उक्त दिन बिहान ७ देखि १० सम्म र दिउँसो १२ देखि ३ बजेसम्म सञ्चालन हुने परीक्षा स्थगित गरिएको हो । 

त्रिवि केन्द्रीय परीक्षा सञ्चालक समितिको सोमबारको बैठकले देशमा उत्पन्न आकस्मिक असहज परिस्थितिका कारण परीक्षा स्थगित  गरेको हो । स्थगित परीक्षाहरू असोज २, ४ र ५ गते सोही समय र सोही परीक्षा केन्द्रमा सञ्चालन हुने त्रिविले जनाएको छ । 

सोमबार जेनजीले गरेको प्रदर्शनमा ठूलो सङ्ख्यामा मानवीय क्षति र घाइते भएसँगै उपत्यका र अन्यत्र समेत कर्फ्यु आदेश जारी गरिएको छ ।  देशका विभिन्न स्थानमा जेनजीको आन्दोलन जारी रहेको छ ।