Jul 24 2026

Jul 24 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

कालिन्चोक इन्भेष्टमेन्टको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग नियुक्त

कालिन्चोक इन्भेष्टमेन्ट कम्पनी लिमिटेडले विद्यमान धितोपत्र दर्ता तथा निष्काशन सम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँड सम्बन्धि निर्देशिकाहरुमा भएको व्यवस्था बमोजिम निकट भविष्यमा नियमनकारी निकायहरुबाट आवश्यक स्वीकृति प्राप्त गरी सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको छ । 

कम्पनीले उक्त शेयर निष्काशन कार्यका लागि शेयर निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेडलाई नियुक्त गरेको छ ।  

जारी पूँजी ८० करोड रुपैयाँ रहेको कालिन्चोक इन्भेष्टमेन्ट कम्पनी लिमिटेडकले जारी पूँजीको ३० प्रतिशत शेयर सर्वसाधारणमा प्राथमिक निष्काशन गर्ने भएकोछ भने ७० प्रतिशतले हुने रकम हाल धितोपब बोर्डको लगानी कम्पनीको सार्वजनिक निष्काशन सम्बन्धि निर्देशनहरु तथा निर्देशिकाहरुको अधिनमा रही विभिन्न पर्यटन क्षेत्र अन्तर्गत विभिन्न केवलकार कम्पनीहरुमा, विभिन्न उर्जा कम्पनीहरुमा र कृषि उत्पादन क्षेत्रहरुमा लगानी गर्दै आईरहेको छ । 

आज भएको सो सम्झौतामा कालिन्चोक इन्भेष्टमेन्ट कम्पनी लिमिटेडको तर्फबाट कम्पनीका अध्यक्ष बालकृष्ण शिवाकोटी तथा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडका तर्फबाट कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले हस्ताक्षर गरेका छन् ।