Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

त्रिवि सेवा आयोगद्वारा ३०० उपप्राध्यापकका लागि दरखास्त आह्वान

त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगले करिब ३०० जना उपप्राध्यापक पदमा नियुक्तिका लागि खुला दरखास्त आह्वान गरेको छ।

आयोगले ४७ विभिन्न विषयमा उपप्राध्यापक पदपूर्ति गर्न भदौ २२ गते सार्वजनिक सूचना जारी गर्दै इच्छुक तथा योग्य उम्मेदवारहरूलाई अनलाइन आवेदन दिन आह्वान गरेको हो।

सबैभन्दा धेरै व्यवस्थापन विषयमा ९१ जना उपप्राध्यापक माग गरिएको छ भने कानुनमा ३३, अर्थशास्त्रमा १८, अंग्रेजीमा १४, नेपालीमा १३, कम्प्युटर एप्लिकेसनमा १२ र नेपाली शिक्षामा १० जना माग गरिएको छ। अन्य विषयहरूमा माग संख्या तुलनात्मक रूपमा कम छ।

आवेदन दिने म्याद भदौ २९ गतेदेखि कात्तिक १२ गते राति ११:५९ बजेभित्र रहेको छ। तर तोकिएको समयमा आवेदन दिन नसकेकाहरूले दोब्बर दस्तुर तिरेर कात्तिक १९ गते राति ११:५९ बजेसम्म दरखास्त दिन सक्ने व्यवस्था गरिएको छ। दरखास्त दिने प्रक्रिया पूर्ण रूपमा अनलाइन रहेको र इच्छुक उम्मेदवारहरूले त्रिवि सेवा आयोगको वेबसाइटमार्फत आवेदन दिन सक्ने सूचनामा उल्लेख गरिएको छ।

उल्लेखित विज्ञापन त्रिवि अन्तर्गतका आंगिक तथा स्वायत्त क्याम्पसहरूमा प्राज्ञिक जनशक्ति आपूर्तिका लागि महत्वपूर्ण मानिएको छ। आयोगको यो पहलले विश्वविद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

TU-Notice-scaled.jpg