Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

अवरुद्ध नेपाल टेलिकमको सिआरबिटी सेवा सुचारु

नेपाल टेलिकमको अवरुद्ध रहेको कलर रिङ ब्याक टोन (सिआरबिटी) सेवा सुचारु भएको छ ।

टेलिकमले मंगलबार प्राविधिक समस्या उत्पन्न हुन गई सेवा अवरुद्ध भएको कारणले अर्को सूचना जारी नभएसम्मका लागि उक्त सेवा बन्द रहेको जानकारी गराएको थियो ।

हाल समस्या समाधान भएर सेवा सुचारु भएको टेलिकमले जानकारी दिएको छ ।