Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

एनआईसी एशिया इक्वीटी लिङ्कड इन्भेष्टमेण्ट स्किमको इकाई बाँडफाँड सम्पन्न, इकाई भन्दा १.४८ गुणाबढी खरिदको लागि आवेदन

एनआईसी एशिया क्यापिटल लिमिटेड निष्काशन तथा बिक्री प्रबन्धक र योजना व्यवस्थापक रही एन आई सी एशिया इक्वीटी लिङ्कड इन्भेष्टमेण्ट स्किमको बाँडफाँड सम्पन्न भएको छ ।

एन आई सी एशिया इक्वीटी लिङ्कड इन्भेष्टमेण्ट स्किमको पहिलो चरणमा बीज पूँजी सहित रु.१०/– अंकित दरका ५,००,००,००० (पाँच करोड) इकाई मिति २०८२/०४/२९ गतेदेखि मिति २०८२/०५/१२ गतेसम्म सार्वजनिक रुपमा निष्काशन तथा बिक्री खुल्ला गरिएकोमा उक्त समयमा बीज पूँजी सहित जम्मा ८२,८२८ जना आवेदकहरुबाट जम्मा रु.७,४०३,१६,०००/– बराबरको इकाई खरिदको लागि अन्तिम आवेदन प्राप्त भएको थियो । जुन पहिलो चरणमा माग गरिएको इकाई भन्दा १.४८ गुणा भन्दा बढी रहेको छ ।

उक्त योजनाको इकाई निष्काशनको समयमा जम्मा ८२,८२८ आवेदकहरुबाट जम्मा रु.७,४०,३१,६०० इकाई खरिदको लागि आवेदन प्राप्त भएकोमा ९१ जना आवेदकहरुबाट प्राप्त १४,६०० इकाई रितपुर्वक नदेखिएकोले बाँडफाँडमा समावेस नगरि जम्मा ८२,७३७ आवेदकहरुले रितपुर्वक माग गरेको जम्मा ७,४०,१७,००० (बीज पूँजी सहित) इकाई माग गरे बमोजिम नै मिति २०८२/०५/१६ गते सोमबार दिनको ४ः३० बजे निष्काशन तथा बिक्री प्रबन्धकको कार्यालय थापाथली, काठमाण्डौमा बाँडफाँड गरिएको हो ।

एन आई सी एशिया इक्वीटी लिङ्कड इन्भेष्टमेण्ट स्किमको इकाई पहिलो चरणमा ५ करोड इकाई खरिदको लागि दरखास्त आह्वान गरिएको भएतापनि नेपाल धितोपत्र बोर्डबाट उक्त योजनाको बीज पूँजी सहित रु.१ अर्व बराबरको १० करोड इकाई बिक्री गर्न स्वीकृत प्राप्त भएको र बोर्डबाट स्वीकृत उक्त योजनाको विवरणपत्रमा समेत अधिकतम बिक्री गर्न सकिने योजनाको इकाई बीज पूँजी सहित रु.१ अर्ब भएको हुँदा रितर्पुवक आवेदन दिनुहुने सम्पूर्ण आवेदकहरुलाई प्रचलित “धितोपत्र बाँडफाँड निर्देशिका, २०७४” को अधिनमा रही लगानीकर्ताहरुलाई माग गरे बमोजिमको इकाई बाँडफाँड गरिएको छ ।

एन आई सी एशिया इक्वीटी लिङ्कड इन्भेष्टमेण्ट स्किम खुलामुखी योजना रहेको हुँदा उक्त योजनाको इकाई बाँडफाँड भएको मितिले तीन महिना भित्र योजनाको इकाई पुनः खरिद बिक्री तथा SIP, MINI SIP  रजिष्ट्रर गर्न मिल्ने गरी नियमित रुपमा कारोवार संचालनमा ल्याउने योजना रहेको छ ।