Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

सुनको मूल्यले आजपनि बनायो नयाँ रेकर्ड, तोलाको कति पुग्यो?

नेपाली बजारमा आज सुनको मुल्य आज पनि बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार छापावाल सुन तोलाको २ हजारले बढेर तोलाको २ लाख ७ हजार ९ सयमा कारोबार भइरहेको छ । यसअघि मंगलबार सुनको मुल्य तोलाको २ लाख ५ हजार ९ सयमा कारोबार भएको थियो । यो सुनको मुल्यले हरेक दिन नयाँ किर्तिमान बनाइरहेको छ । यो सुनको अहिलेसम्मकै उच्च मुल्य हो ।  

यस्तै, आज चाँदीको मूल्य भने सामान्य घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ५ रुपैयाँले घटेर २४८०  रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि मंगलबार चाँदी तोलाको २४८५ मा कारोबार भएको थियो ।