Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

प्रधान सेनापति ट्रफि २०८२ प्रतियोगिता सुरु (फोटोफिचर)

आज प्रधान सेनापति ट्रफि २०८२ खेलकुद प्रतियोगिताको उद्घाटन गरिएको छ । मंगलबार जङ्गी अड्डास्थित खेल मैदानमा प्रधान सेनापति अशोक राज सिग्देलले प्रतियोगिताको उद्घाटन गरेका हुन् ।

Photo (33).jpg

नेपाली सेना भित्र रहेका प्रतिभावान् खेलाडीहरूको पहिचान गरी उनीहरूको सिप विकास गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडीहरू तयार गर्ने अभिप्रायका साथ वि.सं.२०६५ सालबाट प्रधान सेनापति ट्रफि प्रतियोगिताको सुरुवात भएको हो ।  

Photo (6) (4).jpg

उद्घाटन समारोहमा प्रधान सेनापति ट्रफिका लागि पृतना तथा बाहिनीका टिमहरूले मार्चपाष्टका साथै विभिन्न खेल सम्बन्धी कला प्रस्तुत गरेका थिए । प्रतियोगिता अन्तर्गत आज सम्पन्न महिला ८०० मिटर दौड तथा पुरुष १५०० मिटर दौडका विजेताहरूलाई प्रधान सेनापतिले पुरस्कार वितरण गरेका छन् ।

Photo (8) (4).jpg

प्रतियोगितामा एथलेटिक्स, स्विमिङ, बक्सिङ, तेक्वान्दो, जुडो, भलिबल, बास्केटबल र फुटबल खेलहरू सञ्चालन हुनेछन् ।

Photo (4) (2).jpg

समारोहमा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव, पूर्व प्रधान सेनापतिहरू, अन्य सुरक्षा निकायका प्रमुखहरू, बहालवाला तथा अवकाश प्राप्त रथीबृन्द, विभिन्न खेलकुद संघका पदाधिकारीहरू, सैनिक श्रीमती संघका अध्यक्ष तथा पदाधिकारीहरू, रक्षा मन्त्रालयका पदाधिकारीहरू, सैनिक सहचारीहरू एवं नेपाली सेनाका अधिकृत लगायत सञ्चारकर्मीको उपस्थिति रहेको थियो ।

Photo (9) (4).jpg