Jul 28 2026

Jul 28 2026 | मंगलवार, श्रावण १२ गते २०८३

देवभूमि मानव सेवा समाजले सुरु गर्यो धार्मिक महोत्सव

देवभूमि मानव सेवा समाजले काठमाडौं महानगरपालिका वडा नम्बर ३१ मा गायत्री नौ कुण्डिय महायज्ञ, श्रीमद्भागवत कथा तथा तुलादान धार्मिक महोत्सव सुरु गरेको छ । 

आइतबार कलश यात्रा गरि उक्त गायत्री नौ कुण्डिय महायज्ञ, श्रीमद्भागवत कथा तथा तुलादान धार्मिक महोत्सव सुरु भएको हो । समारोह यही भदौ १५ गते आइतवारदेखि भदौ २२ गते आइतवारसम्म ३१ नम्बर वडा कार्यालय प्राङ्गणमा सञ्चालन हुनेछ ।

Photo (7) (1).JPG

साथै, हरेक दिन बिहान ७ बजे पाठ परायण, प्रत्येक दिन दिनभरि नै चरु हवन तथा यज्ञ तथा प्रत्येक दिन ४ः२५ बजेदेखि ५ बजेसम्म आरती गरिनेछ । यसका साथै हरेक दिन बिहान ७ः३० बजेदेखि ९ः३० बजेसम्म गायत्री यज्ञसमेत सञ्चालन गरिने छ । वडा नम्बर ३१ को कार्यालय प्राङ्गणमा पहिलो पटक नौ कुण्डिय गायत्री महायज्ञ श्रीमद्भागवत सप्ताह सुरु भएको हो । 

सप्ताहमा गायत्री हवनको आध्यात्म विज्ञान, योग, साधना, संस्कार तथा आहारविहार, जीवन जिउने कला सम्बन्धि जानकारीका साथै देशको दीगो शान्ति, समृद्धि तथा सम्पूर्ण नेपाली जनताको सुख, शान्ति तथा उर्जा जागरण गर्न राष्ट्रशान्ति, विश्व शान्ति तथा सम्पूर्ण मानव जातिको सुख, शान्ति, समृद्धि तथा दीर्घायूको कामनाको लागि सुप्रसिद्ध भागवत गुरु मोहन अर्याललको मुखारविन्दुबाट कथा वाचन हुनेछ ।