Jul 24 2026

Jul 24 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

रिलायबल नेपाल लाइफ इन्स्योरेन्स नवौं वर्षमा प्रवेश, आठौं वार्षिक उत्सव विविध सामाजिक कार्यक्रमसहित सम्पन्न

रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले जीवन बीमा कारोबारको आठ वर्ष पूरा गरी नवौं वर्षमा प्रवेश गरेको अवसरमा देशभर विविध सामाजिक उत्तरदायित्वमूलक कार्यक्रमहरूसहित आठौं वार्षिकोत्सव भव्यतापूर्वक सम्पन्न गरेको छ।

कार्यक्रममा करिब ७० लाख बीमित, नियामक निकाय, एडभाइजर, शेयरधनी, कर्मचारी, पत्रकार तथा सरोकारवालाप्रति कम्पनीले आभार व्यक्त गर्दै भविष्यमा अझ प्रभावकारी, ग्राहकमैत्री र सेवा–मुखी बीमा कारोबार गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ।

गत आर्थिक वर्षमा कम्पनीले ५७ करोड नाफा आर्जन गर्नुका साथै चुक्ता पूँजी रु. ५ अर्ब १९ करोड पुर्‍याएको छ। कुल लगानी २० अर्ब हाराहारी पुगेको कम्पनीले १ अर्ब ४३ करोड बराबरको बीमा दाबी भुक्तानी गरेको जनाएको छ।

उत्सवको अवसरमा केन्द्रीय कार्यालयबाट प्रभातफेरी निकालिएको थियो भने शाखाहरू मार्फत रक्तदान, स्वास्थ्य शिविर, वृक्षारोपण, शैक्षिक सामग्री तथा खाद्य सामग्री वितरण, सरसफाइजस्ता कार्यक्रमहरू सञ्चालन गरिएका थिए।

कम्पनीले यस अवसरलाई थप ऊर्जा र जिम्मेवारीका रूपमा लिएर आगामी दिनमा बीमित वर्गलाई अझ सुलभ, सुरक्षित र गुणस्तरीय सेवा दिने प्रतिबद्धता जनाएको छ।