Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

गरिमा विकास बैंकलाई दी वेष्ट बैंक अवार्ड

गरिमा विकास बैंक लिमिटेड इण्डियन च्याम्बर अफ कमर्शले बैंक तथा वित्तीय संस्थाहरुलाई प्रदान गर्ने दक्षिण एसियाकै प्रतिष्ठित अवार्ड इर्मजिङ एसिया बैंकिङ कनक्लेभ एण्ड अवार्डस्बाट सम्मानित भएको छ ।

अगस्ट २९, २०२५ मा इण्डियन च्याम्बर अफ कर्मशले भारतको नयाँ दिल्लीमा आयोजना गरेको तेश्रो इर्मजिङ एसिया बैंकिङ कनक्लेभ एण्ड अवार्डस् कार्यक्रममा विकास बैंक दी वेष्ट बैंक र वेष्ट एआईरएमएल कार्यान्वयन विधामा उत्कृष्ट सहित सर्वश्रेष्ठ एमएसएमई एक्सेलेरेशन विधामा रनर अप को अवार्ड प्राप्त गरेको हो । यस अवार्डमा नेपाल सहित भारत, बंगलादेश, म्यानमार र श्रीलंकामा रहेका बैंक तथा वित्तीय संस्थाहरुको सहभागिता रहेको थियो ।

शुक्रबार आयोजित उक्त कार्यक्रममा गरिमा विकास बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत माधव प्रसाद उपाध्याय र नायब प्रमुख कार्यकारी अधिकृत अनिल रेग्मीले संयुक्त रुपमा उक्त अवार्ड ग्रहण गरेको हो । इण्डियन च्याम्बर अफ कर्मसद्वारा सन् २०२४ मा आयोजित दोश्रो इर्मजिङ एसिया बैंकिङ कनक्लेभ एण्ड अवार्डस कार्यक्रममा समेत यस विकास बैंकले उत्तम सम्पत्ति व्यवस्थापन विधामा रनर-अप को रुपमा अवार्ड प्राप्त गरेको थियो ।

यस उपाधिले आफ्ना ग्राहकहरुलाई निरन्तर सरल, सुरक्षित एवं गुणस्तरीय सेवा प्रदान गर्ने विकास बैंकको लक्ष्यमा थप उर्जा प्रदान गरेको छ । यस अवसरमा विकास बैंकलाई निरन्तर साथ, सहयोग एवं माया गर्ने सम्पूर्ण ग्राहक महानुभावहरु, नियमनकारी निकायहरु, शेयरधनी महानुभावहरु एवं शुभचिन्तक महानुभावहरुप्रति बैंकले कृतज्ञता व्यक्त गरेको छ ।

साथै, यस विकास बैंकलाई निरन्तर उत्कृष्ट विकास बैंकको रुपमा स्थापित गर्न आफ्नो कर्तव्य पालनामा अहोरात्र खटिने सम्पूर्ण कर्मचारीहरुप्रति आभार व्यक्त गरेको छ ।

हाल विकास बैंकका देशभर १२५ शाखा कार्यालय, १ एक्स्टेन्सन काउन्टर र ५१ एटिएमका साथै नविनतम डिजिटल बैकिङ मार्फत सरल, सुरक्षित एवं गुणस्तरीय सेवा प्रवाह गर्दै आईरहेको छ ।