Jul 24 2026

Jul 24 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

एनआईसी एशिया बैंकका ग्राहकलाई र्‍याडिसन होटलमा २० प्रतिशतसम्म छुट सुविधा

एनआईसी एशिया बैंकका ग्राहकहरू अब र्‍याडिसन होटलमा विशेष छुट सुविधा प्राप्त गर्न सक्ने भएका छन्। बैंक र होटलबीच भएको समझौताअनुसार, ग्राहकहरूले काठमाडौंस्थित र्‍याडिसन होटलमा सेवा लिँदा डिजिटल माध्यमबाट भुक्तानी गरेमा अधिकतम २० प्रतिशतसम्म छुट पाउने छन्।

समझदारीअनुसार, बैंकका ग्राहकहरूले र्‍याडिसन होटलमा खाना, पेय पदार्थ तथा फिटनेस सेन्टर (जिम) सेवामा २० प्रतिशत छुट प्राप्त गर्नेछन्। यस्तै, एयरपोर्ट लञ्ज एण्ड रेष्टुराँ, पेस्ट्री शप तथा ट्रान्क्विलिटी स्पामा १५ प्रतिशत छुट सुविधा उपलब्ध हुनेछ।

उक्त छुटको लाभ लिन ग्राहकहरूले एनआईसी एशिया बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, प्रिपेड कार्ड वा मोबैंक (MoBank) एप प्रयोग गरी भुक्तानी गर्नु पर्नेछ।

बैंकले होटलसँगको सहकार्यबाट ग्राहकलाई प्रत्यक्ष लाभ हुने विश्वास व्यक्त गर्दै यसले मुलुकमा डिजिटल भुक्तानी सेवा प्रवर्द्धन गर्ने र नगदरहित कारोबारतर्फको यात्रा सुदृढ बनाउने अपेक्षा राखेको जनाएको छ।