Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

बीसीसीआईका अध्यक्ष बिन्नीको राजीनामा, शुक्ला बने कार्यवाहक अध्यक्ष

पूर्वभारतीय क्रिकेटर रोजर बिन्नीले भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) को अध्यक्ष पदबाट राजीनामा दिएका छन् ।

रिपोर्टका अनुसार बिन्नीको राजीनामापछि बोर्डका उपाध्यक्ष राजीव शुक्लालाई कार्यवाहक अध्यक्ष बनाइएको छ । यसअघि ६५ वर्षीय शुक्ला बीसीसीआईका उपाध्यक्ष थिए । पीटीआईको रिपोर्टका अनुसार वर्तमान अध्यक्ष रोजर बिन्नी ७० बर्ष पुगेकाले बोर्डको नियम अनुसार पद छोडेको बताइएको छ ।

बिन्नीले २०२२ मा सौरभ गांगुलीको स्थानमा बोर्डको अध्यक्षको पदभार ग्रहण गरेका थिए । उनी जुलाई १९ मा ७० वर्षका भएका थिए । रिपोर्टका अनुसार, राजीव शुक्लाले केही महिनाको लागि कार्यभार सम्हाल्नेछन्।

नयाँ अध्यक्ष निर्वाचित नभएसम्म उनी कार्यवाहक अध्यक्षको रूपमा काम गर्नेछन् । शुक्ला २०२० देखि बीसीसीआईको उपाध्यक्षको रूपमा काम गर्दै आएका छन् । बीसीसीआईको संविधान अनुसार कुनै पनि अधिकारीले ७० वर्षको उमेर पछि आफ्नो पद छोड्नु पर्छ ।