Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

विश्वव्यापी विस्तारका लागि एनआईबिएल इक्विटी पार्टनर्सले हिमालयन जाभा कफीमा लगानी गर्ने

एनआईएमबी एस क्यापिटल लिमिटेडद्वारा व्यवस्थित एनआईबिएल इक्विटी पार्टनर्सले हिमालयन जाभा कफी प्रा. लिमा लगानीको गर्ने भएको छ । 

बिहीबार हिमालयन जाभा र एनआईबिएल इक्विटी पार्टनर्स हस्ताक्षर समारोह गरी एनआईबीएल इक्विटी पार्टनर्सले लगानीको घोषणा गरेको हो । १९९९ मा स्थापित हिमालयन जाभा नेपालको पहिलो विशेष कफी ब्रान्ड भएकोले यसलाई विश्वव्यापी विस्तार गर्न एनआईबिएल इक्विटी पार्टनर्सले सहयोग अपेक्षा गरिएको हिमालयन जाभाका संस्थापक आनन्द गुरुङले बताए । 

उनले भने, ‘स्थापना भएदेखि नै, हामी हिमालयन जाभामा नेपालको बृहत् उद्यमशीलता पारिस्थितिक प्रणालीलाई समर्थन गर्ने कुरामा विश्वास गर्दै आएका छौं। आज, हामी विश्वव्यापी रूपमा विस्तार गर्ने, नेपाली कफी निर्यात गर्ने र विश्व मञ्चमा देशको सम्भावना प्रदर्शन गर्ने हाम्रो लक्ष्यहरू साकार पार्ने रणनीतिक साझेदार एनआईबिएल  इक्विटी पार्टनर्ससँग नयाँ अध्यायमा प्रवेश गरेका छौ ।

एनआईबिएल  इक्विटी पार्टनर्स देशको सबैभन्दा ठूलो र सबैभन्दा सक्रिय बैंकिङ र पूँजी बजार संस्थाहरू र नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडको सहायक कम्पनी NIMB एस क्यापिटलको निजी इक्विटी पहल हो।