आईसीएफसी फाइनान्स लिमिटेडले ऋणपत्र निष्कासन गर्न अनुमति पाएकाे छ ।
कम्पनीले नेपाल राष्ट्र बैंकबाट ऋणपत्र निष्कासन गर्न भदौ ९ गते अनुमति पाएकाे हो । राष्ट्र बैंकले कम्पनीलाई ५० करोड रुपैयाँबराबरको रु. १ हजार अंकित दरका ५ लाख कित्ता भएको ‘आईसिएफसी फाइनान्स लिमिटेड डिबेञ्चर २०८९’ जारी गर्न अनुमति दिएको हो ।
यो ऋणपत्रको ब्याजदर ८ प्रतिशत रहेको छ ।