Jul 18 2026

Jul 18 2026 | शनिवार, श्रावण २ गते २०८३

जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत पुगे रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जिल्ला अदालत रुपन्देहीले गरेको आदेशविरुद्ध उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा निवेदन दिएका छन् ।

जिल्ला अदालतले बिगो बुझाउँदा पनि छाड्न अस्वीकार गरेपछि रिहाइको मागसहित लामिछाने सोमबार उच्च अदालत पुगेका हुन् ।

सुप्रिम बचत तथा ऋण सहकारीको ठगी प्रकरणमा लामिछानेले आफ्नो दायित्वमा पर्ने दुई करोड ७४ लाख ८४ हजार रुपैयाँ बराबरको धरौटी रकम बुझाएर छाड्न माग गर्दै निवेदन दिएका थिए । तर उक्त निवेदनलाई जिल्ला अदालत रूपन्देहीले बदर गरेको थियो ।

रविले दिएको उक्त निवेदनमा पेसीको मिति यकिन भइसकेको छैन । रवि हाल सुप्रिम बचत तथा ऋण सहकारीको रकम अपचलनको मुद्दामा पुर्पक्षका लागि रुपन्देहीबाट सरुवा भएर ललितपुरस्थित नख्खु कारागारमा छन् ।

गत चैत्र २२ गते उच्च अदालत तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।