Jul 18 2026

Jul 18 2026 | शनिवार, श्रावण २ गते २०८३

राष्ट्रपतिसँग विपिन जोशी परिवारको भेट

राष्ट्रपति रामचन्द्र पौडेलसँग प्यालेस्टिनी समूह हमासले बन्धक बनाएका कञ्चनपुर महेन्द्रनगरका विपिन जोशीका आमा र बहिनीले भेट गरेका छन्।इजरायलस्थित नेपाली दूतावासको समन्वयमा विपिनका आमा पद्मा र पुष्पा जोशीले इजरायल पुगेर राष्ट्रपति र प्रधानमन्त्रीलाई भेटेर फर्किएका थिए ।

विपिनका आमा पद्मा र बहिनी पुष्पाले इजरायलमा रहँदा त्यहाँका राष्ट्रपति, प्रधानमन्त्री तथा विभिन्न देशका राजदूतहरूलाई भेटेको र यो विषय अन्तर्राष्ट्रियस्तरमा पुगेको बताए। उनीहरूले विपिनको रिहाइका लागि थप पहल गरिदिन पनि आग्रह गरे ।

आमा पद्माले आफ्नो छोरा विपिन निर्दोष विद्यार्थी भएको भन्दै मानवीय दृष्टिले पहल गर्न आग्रह गरिन् । सो अवसरमा राष्ट्रपति पौडेलले विपिनको रिहाइका आफूले थप प्रयास गर्ने बताएका थिए ।