आइतवार, भाद्र ८ २०८२
आइतवार, भाद्र ८ गते २०८२

२०८२, भाद्र ८ गते

24th Aug 2025

    आइतवार, भाद्र ८ २०८२
images
Logo
images

कानुन नै चोरी हुने संसदमा किन आइएछ जस्तो लाग्छ : जनार्दन शर्मा

कानुन नै चोरी हुने संसदमा किन आइएछ जस्तो लाग्छ : जनार्दन शर्मा

भाद्र ७, २०८२ शनिवार
भाद्र ७, २०८२ शनिवार
  • कानुन नै चोरी हुने संसदमा किन आइएछ जस्तो लाग्छ : जनार्दन शर्मा

    प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले कानुन नै चोरी हुने संसदमा किन आइएछ भनेर आत्मग्लानि हुने गरेको टिप्पणी गरेका छन् ।

    आज (शनिबार) काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफू अन्तरिमकालदेखि निरन्तर संसदमा रहेको बताउँदै पछिल्लो समय किन संसदमा आइएछ भनेर आत्मग्लानि हुने गरेको बताए । आफू अलि पुरानो भएर पनि दिक्क लागेको हुनसक्ने उनले बताएका छन् ।

    संविधानमा लेखिएका कुराहरू कार्यान्वयन गर्न नसकेको भन्दै उनले दुःखेसो समेत गरे । उनले आफूले किन संविधानको कार्यान्वयन गरिएन ? भनेर प्रश्न गर्दा अरू तर्सिने गरेको टिप्पणी गरे ।

    उनले भने, ‘संविधानमा उपलब्ध प्रगति त गर्‍यौं तर पण्डितको पुस्तकको माछा र खोलाको माछा भने जस्तो । संविधानको उपभोग बनाउन जनताले पाउनु पर्छ । उपभोग गर्न जनताले पाउने अवस्था सिर्जना गर्न हामी चुक्यौं । यो मैले गरेको प्रश्न म आफैंलाई हो ।’

    उनले भने, ‘तर मैले आफैलाई गरेको प्रश्नले अरू तर्सिन्छन् र पो गाह्रो छ । प्रश्न आफैलाई गरेको हो । किनभने त्यस ठाउँमा त हामी नै छौँ । संविधानका धाराहरूले पानामा लेखेका कुराहरू नै उपयोग गर्नेतिर किन जान सकेनौं । म त अन्तरिमकालदेखि संसदमा निरन्तर छु । पछिल्लो समय आउँदा त कानुन त चोरी हुने संसदमा के बेकार आइएछ जस्तो लाग्छ आजभोलि । कानुन नै चोरी हुन्छ । अलि दिक्क लागेर होला । अलि पुरानो भएर पनि होला ।’ उपमहासचिव शर्माले देशको अर्थतन्त्रबारे १५ दिनसम्म लगातार बहस गर्न जरुरी रहेको बताएका छन्।

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार