आइतवार, भाद्र ८ २०८२
आइतवार, भाद्र ८ गते २०८२

२०८२, भाद्र ८ गते

24th Aug 2025

    आइतवार, भाद्र ८ २०८२
images
Logo
images

कोशी राजमार्ग तीन दिनदेखि ठप्प

कोशी राजमार्ग तीन दिनदेखि ठप्प

भाद्र ७, २०८२ शनिवार
भाद्र ७, २०८२ शनिवार
  • कोशी राजमार्ग तीन दिनदेखि ठप्प

    कोशी राजमार्गअन्तर्गत भोटखोलाको हुंगुंग खण्डमा गएको ठूलो पहिरोका कारण विगत तीन दिनदेखि सडक अवरुद्ध भएको छ ।

    खाँदबारीदेखि किमाथांका नाकासम्म जोड्ने करिब ११५ किलोमिटर दूरीमा पर्ने उक्त खण्ड बिहीबार गएको पहिरोका कारण सडकमा यातायात पूर्ण रूपमा ठप्प बनेको हो । उत्तर–दक्षिण कोशी सडक आयोजनाका प्रमुख रामबहादुर गुरुङका अनुसार करिब ३०० मिटर सडक क्षेत्रमा भिरैसहित ढुंगा, माटो र झाडी मिसिएको ठूलो पहिरो खसेको छ ।

    ‘सडक निर्माणाधीन भएकाले मेसिन प्रयोग गर्न सकिने अवस्था छैन । भिरालो भूभाग र लगातारको वर्षाले काम अझ चुनौतीपूर्ण भएको छ,’ उनले भने । सडक अवरुद्ध हुँदा दैनिक उपभोग्य सामान, इन्धन, निर्माण सामग्रीलगायत वस्तुको ढुवानी प्रभावित भएको छ ।

    तीन दिनदेखि राजमार्ग ठप्प हुँदा यात्रु पनि समस्यामा परेका छन् । गुरुङका अनुसार वर्षायाममा यस क्षेत्रमा हरेक वर्ष पहिरो जाने गरे पनि यसपटकको पहिरो असाध्यै ठूलो भएकाले सडक कहिले खुल्ने भन्ने टुंगो लाग्न सकेको छैन । हाल पहिरो पन्छाउने प्रयास जारी राखिएको भए पनि तत्काल राजमार्ग सञ्चालन हुने सम्भावना देखिएको छैन ।

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार