आइतवार, भाद्र ८ २०८२
आइतवार, भाद्र ८ गते २०८२

२०८२, भाद्र ८ गते

24th Aug 2025

    आइतवार, भाद्र ८ २०८२
images
Logo
images

सरकार अधिनायकवादतिर उन्मुख: अग्नि सापकोटा

सरकार अधिनायकवादतिर उन्मुख: अग्नि सापकोटा

भाद्र ७, २०८२ शनिवार
भाद्र ७, २०८२ शनिवार
  • सरकार अधिनायकवादतिर उन्मुख: अग्नि सापकोटा

    प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष अग्नि सापकोटाले सरकार अधिनायकवादतिर उन्मुख भएको आरोप लगाएका छन् । उनले राज्यका सबै संयन्त्रहरूमा दुई दलीय पकड कायम गर्नेमा सत्तारुढ दुई ठूला दलहरू लागिरहेको बताएका छन् ।

    ‘यो सरकार अलि अधिनायकवादतिर तानाशाहीकरणतिर उन्मुख भइरहेको छ । राज्यका सबै संयन्त्रहरूमा दुई दलीय पकड कायम गर्ने, अझ खासगरी सरकारको नेतृत्व गरिरहेको नेकपा एमाले र त्यसका अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रिय संयन्त्र सबैलाई आफ्नो नियन्त्रणमा राख्ने दिशातिर अघि बढिरहनु भएको छ,’ सापकोटाले भने ।

    उनले प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानालाई हटाउने खेल त्यसकै एउटा उदाहरण भएको बताएका छन् । ‘प्रतिनिधि सभाको उपसभामुख इन्दिरा रानालाई कहिलेदेखि हटाउने कोशिस गरिरहनु भएको थियो भन्दा धेरै पटक गर्नु भयो । अहिले हस्ताक्षर संकलन भइरहेको छ भनेर हामीलाई खबर आएको छ,’ सापकोटाले भने, ‘त्यो प्रतिशोधपूर्ण छ, बदनियतपूर्ण छ । प्रतिनिधि सभाको उपसभामुख संवैधानिक परिषद्को सदस्य हुन्छ, चुनाव गरेर अर्को आउँछ । यो एक प्रकारले गैरसंसदीय प्रक्रिया हो ।’

    उनले संवैधानिक परिषदमा बहुमत पुर्‍याउन प्रधानमन्त्री ओलीले बदनियतपूर्ण काम गरिरहेको आरोप लगाउँदै यो गैरसंसदीय प्रक्रिया भएको जिकिर गरे ।

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार