आइतवार, भाद्र ८ २०८२
आइतवार, भाद्र ८ गते २०८२

२०८२, भाद्र ८ गते

24th Aug 2025

    आइतवार, भाद्र ८ २०८२
images
Logo
images

आज नेपाल आउँदै भियतनामकी उपराष्ट्रपति

आज नेपाल आउँदै भियतनामकी उपराष्ट्रपति

भाद्र ७, २०८२ शनिवार
भाद्र ७, २०८२ शनिवार
  • आज नेपाल आउँदै भियतनामकी उपराष्ट्रपति

    समाजवादी गणतन्त्र भियतनामका उपराष्ट्रपति भो थि आन सुआन नेपालको तीन दिने औपचारिक भ्रमणका लागि शनिबार काठमाडौँ आउँदै छन् । उपराष्ट्रपति रामसहायप्रसाद यादवको मैत्रीपूर्ण निमन्त्रणामा उनी नेपाल भ्रमणमा आउन लागेकी हुन् ।

    उपराष्ट्रपति सुआनले यही भदौ ७ देखि ९ गतेसम्म नेपालको भ्रमण भियतनामको तर्फबाट यो पहिलो उच्चस्तरीय हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । भ्रमणका क्रममा उपराष्ट्रपति यादव र उनकी समकक्षी सुआनबिच भदौ ८ गते काठमाडौँमा प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता हुने मन्त्रालयले जनाएको छ ।

    यसैगरी उपराष्ट्रपति सुआनले नेपालका अन्य उच्चपदस्थ व्यक्तित्वसँग पनि शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ । यो वर्ष नेपाल र भियतनामबिच कूटनीतिक सम्बन्ध स्थापना भएको ५०औं वर्षगाँठ समेत परेकाले यस भ्रमणलाई विशेष महत्वका साथ हेरिएको छ । उपराष्ट्रपति सुआन भ्रमण सम्पन्न गरी भदौ ९ गते स्वदेश फर्कने तालिका छ ।

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार