Jul 18 2026

Jul 18 2026 | शनिवार, श्रावण २ गते २०८३

नेपालको सहमति बिना लिपुलेक प्रयोग गर्न पाइँदैन : शंकर पोखरेल

सत्तारुढ नेकपा एमालेका महासचिव शंकर पोखरेलले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र नेपालकै भूमि भएको उल्लेख गर्दै यसमा आफूहरूको सहमति बिना कुनै देशले केही गर्न नपाउने बताएका छन् ।

नेपाललाई नसोधी चीन र भारतले हालै लिपुलेकलाई दुई देशको व्यापारिक मार्ग बनाउने सहमति गर्नु अनुचित भएको उनले बताएका हुन् ।शनिबार दाङको घोराहीमा प्रेस चौतारी नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने, ‘दुई छिमेकी राष्ट्रहरूले नेपालको भूमि प्रयोग सन्दर्भमा नेपालकै सहमति बिना लिम्पियाधुरा, लिपुलेक, कालापानी प्रयोग गर्न खोजेका छन् । नेपालले कूटनीतिक नियोगमार्फत असहमति जनाएको छ । नेपालको सहमति र सहभागिता बिना गरिने कुनै पनि समझदारी अनुचित हुन्छ ।’

सुगौली सन्धि सन् १८१६ तिरको सीमा नै वास्तविक भएको दाबी गर्दै एमाले महाचिव पोखरेलले नेपालले राखेको अडान तथ्य र प्रमाणमा आधारित रहेको जिकिर गरे ।