आइतवार, भाद्र ८ २०८२
आइतवार, भाद्र ८ गते २०८२

२०८२, भाद्र ८ गते

24th Aug 2025

    आइतवार, भाद्र ८ २०८२
images
Logo
images

पोखरा महानगरका सामुदायिक विद्यालयका प्रध्यानाध्यापकहरुलाई डिजिटल लर्निङ बारे अभिमुखीकरण

पोखरा महानगरका सामुदायिक विद्यालयका प्रध्यानाध्यापकहरुलाई डिजिटल लर्निङ बारे अभिमुखीकरण

भाद्र ७, २०८२ शनिवार
भाद्र ७, २०८२ शनिवार
  • पोखरा महानगरका सामुदायिक विद्यालयका प्रध्यानाध्यापकहरुलाई डिजिटल लर्निङ बारे अभिमुखीकरण

    पोखरा महानगर क्षेत्रमा रहेका सामुदायिक विद्यालयका प्रध्यानाध्यापकहरुलाई विद्यार्थीहरूका लागि डिजिटल लर्निङका बारेमा अभिमुखीकरण गरिएको छ । 

    पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले यसको सहायतामा सामुदायिक विद्यालयहरूको शैक्षिक गुणस्तर वृद्धि सहित नतिजामा समेत सकारात्मक परिवर्तन ल्याउन उनले प्रध्यानाध्यापकहरुलाई निर्देशन दिए । 

    विद्यालय शिक्षाको अवस्था तुलनात्मक रूपमा सन्तोषजनक रहेको भए पनि निर्धक्क बन्ने अवस्था भने नरहेको उनले स्पष्ट पारे । विद्यार्थी केन्द्रित सिकाइमा जोड दिँदै उनले आफ्नो जिम्मेवारी कुशलतापूर्वक बहन गर्न र त्यसलाई नतिजामा परिणत गर्न सुझाव समेत दिए ।

    विशेष गरी कक्षा १० मा अध्ययन गरिरहेका विद्यार्थीहरूलाई अनलाइन मार्फत शिक्षण सिकाइका गतिविधिहरूमा कसरी संलग्न गराउन सकिन्छ भन्ने विषयमा एम्बिसन गुरु नामक एपका जानकारवालाहरुले प्रशिक्षण गरेका हुन् । 

    एम्बिसन गुरु एउटा डिजिटल शैक्षिक प्लेटफर्म हो । इच्छुक व्यक्ति तथा विद्यार्थीले यसलाई पढ्ने र सिक्ने माध्यमको रूपमा उपयोग गर्न सक्छन् । मोबाइल एप र वेबमा आधारित यो प्लेटफर्म मार्फत आफ्नो शिक्षण सिकाइलाई अगाडी बढाउन विद्यार्थीहरूका लागि निकै उपयोगी र प्रभावकारी मानिएको जानकारवालाहरुको तर्क छ । विद्यालयमा सिकेको कुरामा कुनै प्रकारको अलमल, अस्पष्टता र अनविज्ञता देखिए यो एप मार्फत सिकाइमा सहजीकरण गर्न सकिन्छ । 

    एम्बिसन गुरुलाई फन्डिङ् गरिरहेको घुन्सा फाउन्डेसनकी संस्थापक समेत रहेकी नेपाल ट्रस्टकी कार्यकारी सदस्य याङ्जोम शेर्पाका अनुसार शिक्षालाई पहुँचयोग्य तथा सर्वसुलभ बनाउने एम्बिसन गुरुको लक्ष्य रहेको छ । यसका लागि आफूहरूले विभिन्न काम गरिरहेको र सक्दो कम मूल्यमा देशमा उपलब्ध मध्येकै सर्वोत्कृष्ट शिक्षा उपलब्ध गराइरहेको एम्बिसन गुरुको दाबी छ । सामुदायिक विद्यालयहरूमा अध्ययन गरिरहेका कक्षा १० का विद्यार्थीहरूलाई  यसले निःशुल्क अनलाइन शिक्षा प्रदान गरिरहेको छ । 

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार