आइतवार, भाद्र ८ २०८२
आइतवार, भाद्र ८ गते २०८२

२०८२, भाद्र ८ गते

24th Aug 2025

    आइतवार, भाद्र ८ २०८२
images
Logo
images

सामाजिक सञ्जाललाई नियन्त्रण नभई नियमन गर्न खोजेको हो: मन्त्री गुरुङ

सामाजिक सञ्जाललाई नियन्त्रण नभई नियमन गर्न खोजेको हो: मन्त्री गुरुङ

भाद्र ७, २०८२ शनिवार
भाद्र ७, २०८२ शनिवार
  • सामाजिक सञ्जाललाई नियन्त्रण नभई नियमन गर्न खोजेको हो: मन्त्री गुरुङ

    सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले सामाजिक सञ्जाललाई नियन्त्रण नभई नियमन गर्न खोजेको बताएका छन् । शुक्रबार प्रेस चौतारि कास्कीले आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै उनले सामाजिक सञ्जाललाई नियमन गर्न ‘सामाजिक सञ्जाल सञ्चालन, प्रयोग र नियमन विधेयक’ ल्याउन लागिएको बताएका हुन् ।

    उनले भने, ‘सामाजिक सञ्जाललाई नियमन गर्न जरुरी छ, त्यसको लागि ‘सामाजिक सञ्जाल सञ्चालन, प्रयोग र नियमन विधेयक’ ल्यायौँ । सामाजिक सञ्जाललाई नियन्त्रण गर्न हैन नियमन गर्न  ल्याएको हो ।’ उनले साइबर अपराध नियन्त्रण गर्न कानुनको अभाव भएको भन्दै अपराध रोक्न सरकारले कानुन बनाउन लागेको बताए ।

    ‘साइबर अपराध विश्वकै चुनौती हो । नेपालभित्र हुने यस्ता अपराध रोक्न सरकारले कानुन बनाउन लागेको हो,’ उनले भने । उनले मेटा, गुगल जस्ता विदेशी सामाजिक सञ्जाल प्लेटफर्म नेपालमा दर्ता हुनुपर्ने र नेपालको कानुन मान्नुपर्ने पनि बताए । 

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार