कृषि विकास बैंक लिमिटेडको ब्रान्ड एम्बेसडरमा राष्ट्रिय महिला फूटबल टोलीकी कप्तान सावित्रा भण्डारी (साम्बा) पुन: नियुक्ति भएकी छिन् । आज शुक्रबार बैकले एक समारोह आयोजना गरि साम्बालाई पुन एक वर्ष अवधिका नियुक्त गरेको हो।
सम्झौता पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङको उपस्थितिमा बैंकका उप महाप्रबन्धक सुदिप कुमार दाहाल र साम्बाले हस्ताक्षर गरेका थिए ।
कार्यक्रममा सिईयो गोबिन्द गुरुङले बैंकको विश्वास आम जनतामाझ पुर्याउन ठूलो भूमिका खेल्ने विश्वास व्यक्त गरे । सम्झौताअनुसार साम्बाले ब्रान्ड एम्बेसडरका रूपमा रहेर बैंकको बजार प्रवर्द्धन तथा प्रचारमा सहयोग गर्नेछन्।
कार्यक्रममा कृषि विकास बैंकका सिईओ गुरुङसहित बैंकका विशिस्ट श्रेणीका कर्मचारीहरुको पनि उपस्थिति रहेको थियो ।