Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

कृषि विकास बैंकको ब्रान्ड एम्बेसडरमा सावित्रा भण्डारी (साम्बा) पुन: नियुक्ति

कृषि विकास बैंक लिमिटेडको ब्रान्ड एम्बेसडरमा राष्ट्रिय महिला फूटबल टोलीकी कप्तान सावित्रा भण्डारी (साम्बा) पुन: नियुक्ति भएकी छिन् । आज शुक्रबार बैकले एक समारोह आयोजना गरि साम्बालाई पुन एक वर्ष अवधिका नियुक्त गरेको हो।

सम्झौता पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङको उपस्थितिमा बैंकका उप महाप्रबन्धक सुदिप कुमार दाहाल र साम्बाले हस्ताक्षर गरेका थिए ।

कार्यक्रममा सिईयो गोबिन्द गुरुङले बैंकको विश्वास आम जनतामाझ पुर्याउन ठूलो भूमिका खेल्ने विश्वास व्यक्त गरे । सम्झौताअनुसार साम्बाले ब्रान्ड एम्बेसडरका रूपमा रहेर बैंकको बजार प्रवर्द्धन तथा प्रचारमा सहयोग गर्नेछन्।

कार्यक्रममा कृषि विकास बैंकका  सिईओ गुरुङसहित बैंकका विशिस्ट श्रेणीका  कर्मचारीहरुको पनि उपस्थिति रहेको थियो ।