नेपालले साफ यू–१७ महिला च्याम्पियनसिप अन्तर्गत आयोजक भुटानमाथि जित हासिल गरेको छ ।
शुक्रबार सम्पन्न खेलमा नेपालले भुटानलाई २-१ गोल अन्तरले पराजित गरेको हो । पहिलो हाफमा १-० गोल अन्तरले पछि परेको नेपालले दोस्रो हाफमा कमब्याक गर्दै २-१ को जित निकालेको हो । यो नेपालको दोस्रो खेलमा पहिलो जित हो ।
नेपालले पहिलो खेलमा भारतसँग ७-० को हार बेहोरेको थियो । त्यस्तै भुटानले भने लगातार दोस्रो हार बेहोरेको छ । भुटानले यस अघि पहिलो खेलमा बंगलादेशसँग ३-१ गोलको हार बेहोरेको थियो ।
नेपालले अब प्रतियोगितामा अब अर्को खेल अगस्त २४ मा बंगलादेशसँग, अगस्त २७ मा बंगलादेशसँग, अगस्त २९ मा भारतसँग र अगस्त ३१ मा भुटानसँग खेल्ने तालिका रहेको छ ।