आइतवार, भाद्र ८ २०८२
आइतवार, भाद्र ८ गते २०८२

२०८२, भाद्र ८ गते

24th Aug 2025

    आइतवार, भाद्र ८ २०८२
images
Logo
images

भ्रष्टाचारी ठहर कांग्रेस सर्लाही सभापति सिंहले दिए राजीनामा

भ्रष्टाचारी ठहर कांग्रेस सर्लाही सभापति सिंहले दिए राजीनामा

भाद्र ६, २०८२ शुक्रवार
भाद्र ६, २०८२ शुक्रवार
  • भ्रष्टाचारी ठहर कांग्रेस सर्लाही सभापति सिंहले दिए राजीनामा

    भ्रष्टाचार मुद्दामा दोषी ठहरिका नेपाली कांग्रेस सर्लाहीका सभापति सुरेन्द्रप्रसाद सिंहले राजीनामा दिएका छन् । सिंहले आज (शुक्रबार) पार्टी सभापति शेरबहादुर देउवालाई सम्बोधन गर्दै राजीनामा दिएका हुन् ।

    ‘सम्मानित अदालतको निर्णय, नेपालको प्रचलित कानून र पार्टीको विधान बमोजिम म सभापतिको रूपमा आफ्नो जिम्मेवारीमा निरन्तर रहने अवस्था रहेन । यसकारण म नियम कानून र पार्टीको वृहत्तर हितलाई मध्यनजर गर्दै नेपाली कांग्रेस जिल्ला कार्यसमिति सर्लाहीको पार्टी सभापति पदबाट राजीनामा दिएको जानकारी गराउँछु,’ सिंहले लेखेको राजीनामा पत्रमा उल्लेख छ ।

    उनले २०५६ सालमा तत्कालीन पार्टी सभापति गिरिजाप्रसाद कोइरालाको हस्ताक्षरबाट कांग्रेसको सदस्यता लिएका थिए । उनी दुई कार्यकाल नेपाली कांग्रेस जिल्ला कार्यसमिति सर्लाहीको उपसभापतिको रूपमा जिम्मेवारी निर्वाह गरेपछि २०७८ साल फागुन २९ गतेदेखि नेपाली कांग्रेस जिल्ला कार्यसमिति सर्लाहीको पार्टी सभापति भएर काम गर्दै आएका थिए ।

    २०८० फागुन १५ गते सर्वोच्च अदालतका न्यायाधीशद्वय कुमार रेग्मी र महेश शर्मा पौडेलको संयुक्त इजलासले सिंहलाई ४ महिना १५ दिन कैद हुने फैसला सुनाएको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धानका क्रममा सिंह २०५९ भदौ ६ गतेदेखि २०५९ माघ २ गतेसम्म हिरासतमा बसेका थिए ।

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार