आइतवार, भाद्र ८ २०८२
आइतवार, भाद्र ८ गते २०८२

२०८२, भाद्र ८ गते

24th Aug 2025

    आइतवार, भाद्र ८ २०८२
images
Logo
images

रास्वपाका नेता कँडेल पक्राउ

रास्वपाका नेता कँडेल पक्राउ

नक्कली शैक्षिक प्रमाणपत्र बनाउने काममा संलग्न थिए कँडेल

भाद्र ६, २०८२ शुक्रवार
भाद्र ६, २०८२ शुक्रवार
  • रास्वपाका नेता कँडेल पक्राउ

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता हरिप्रसाद कँडेल पक्राउ परेका छन् । नक्कली शैक्षिक प्रमाणपत्र बनाउन संलग्न भएको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।

    चितवनको कालिका नगरपालिका–५ पदमपुरका कँडेललाई भदौ ४ गते रुपन्देही प्रहरीले बुधवार पक्राउ गरेको हो । कँडेल रास्वपाको बागमती प्रदेश प्रशिक्षण विभाग संयोजक हुन् ।

    कँडेललाई चितवनबाट पक्राउ गरी रुपन्देही ल्याइएको रुपन्देही प्रहरी प्रमुख एसपी प्रदीप क्षेत्रीले जानकारी दिएका छन् । कँडेलमाथि नक्कली शैक्षिक प्रमाणपत्र बनाएको कसुरमा अनुसन्धान सुरु भएको एसपी क्षेत्रीले जानकारी दिए ।

    रुपन्देही प्रहरीले गत साउन ३० गते बेलहिया बसपार्कस्थित होटल मुक्तिनाथ परिसरबाट ठूलो मात्रामा विभिन्न विश्वविद्यालयका नक्कली शैक्षिक प्रमाणपत्रसहित भारतको कानपुर नौबस्तीका २५ वर्षीय अभिषेक यादवलाई नेपाली तथा भारतीय विश्वविद्यालयका नक्कली कागजात र ती बनाउन प्रयोग हुने सामग्रीसहित पक्राउ गरेको थियो । यादवको बयानका आधारमा कँडेललाई पक्राउ गरिएको हो ।

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार